spot_img

ओटीसी मार्केटमा ५ अर्ब बढीको कारोबार, वल्डलिंकको शेयर मूल्य एक कित्ता कै ९३७५ रुपैयाँ

spot_img

आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेन्ज नेप्सेको ओभर द काउन्टर काउन्टर (ओटीसी मार्केट) मा ५ अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार गत आर्थिक वर्षमा ओटीसी मार्केट मार्फत ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६ सय १८ रुपैयाँको कारोबार भएको छ।

विभिन्न कम्पनीको ३ करोड ६५ लाख ६५ हजार २ सय ३५ कित्ता शेयर खरिद बिक्रीबाट उक्त कारोबार भएको हो । ओटीसी मार्केटमा कारोबार भएका मध्ये सबैभन्दा महँगो शेयर वल्डलिंक कम्युनिकेशनको रहेको छ। वल्डलिंकको १३ हजार ३ सय ९२ कित्ता शेयर प्रति कित्ता ९ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै काठमाडौँ फरेष्ट्री कलेजको शेयर मुल्य १०८५.५ तथा १०२०.७७ रुपैयाँमा कारोबार भएको छ। एनआईसी एशिया क्यापिटलको शेयर प्रति कित्ता ५५० मा कारोबार भएको छ।

नेप्सेले ओटीसी मार्केटको अवधारणाको विकास गरी बि सं २०६४ साल देखी यस्तो मार्केट संचालनमा ल्याएको हो । २०७२ माघ १८ गते देखि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयरको कारोबार नेप्सेको ओटिसि बजार मार्फत गर्न सकिने ब्यवस्था रहेको छ ।

हाल सम्म जम्मा २४४ वटा कम्पनीहरु ओटीसी मार्केटमा दर्ता भइ कारोबार भएको छ । ओटीसी मार्केट मार्फत आ.व. २०८०/८१ मा भएको कारोबार विवरण निम्नानुसार छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...