झापा ईनर्जी लिमिटेडले निष्काशन गरेको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । आईपीओ परेकाहरुको डिम्याट खातामा हिजो सोमबार शेयर आएको हो।
अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।
कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना निर्माण सम्पन्न गरि २०८० माघ १० गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।









