Sunday, July 26, 2026
spot_img

शेयरबजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट, २५ सयको बिन्दुबाट तल झर्यो नेप्से

spot_img

आज बिहीबार पनि शेयरमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से सूचक १८.४० अंकले घटेर २४८७.१७ को बिन्दुमा पुगेर रोकिएको छ। आज लगातार तेस्रो दिन नेप्से सूचक दोहोरो अंकले घटेको हो। आजको गिरावटपछि नेप्से सूचक २५ सय बिन्दुबाट तल झरेको छ।

आज कारोबारमा आएका ३११ कम्पनीका ७६ लकः ४३ हजार ६ सय ३५ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २७ करोड ५४ हजार ८ सय ६४ रुपैयाँ १६ पैसाको कारोबार भएको छ। जस मध्ये मुक्तिनाथ विकास बैंकको सर्वाधिक १५ करोड ३० लाखको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये हिमालयन पावर पार्टनरको शेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ भने कालिका लघुवित्तको शेयर मूल्य ५.६९ प्रतिशत बढेको छ। आज समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने युनिक नेपाल लघुवित्तको शेयर मूल्य ७.३३ प्रतिसहत घटेको छ।

आज कारोबारमा आएका मध्ये बैंकिंग र म्युचुअल फण्ड बाहेक अरु सबै समूहगत सूचक घटेका छन् । जस मध्ये अन्य समूह २.२१ तथा फाइनान्स समूह १.२८ प्रतिशतले घटेको छ। आज म्युचुअल फण्ड समूह सर्वाधिक ०.२१ प्रतिशतले बढेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img