नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी २३ दिनदेखि आन्दोलनमा रहेका छन् । आफुले पाउनु पर्ने कर्मचारी बोनसको विषयलाई लिएर कर्मचारी आन्दोलित भएका हुन् ।
आन्दोलनमा रहेका कर्मचारीले नेप्सेका सीइओ र अध्यक्षको पनि राजीनामा माग गर्दै कार्यालयमा धर्ना दिदै आएका छन् । श्रम अदालतले भक्तपुरले दिएको आदेश अनुसार नै आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको वार्षिक ५ प्रतिशतको दरले कर्मचारी बोनस पाउनु पर्ने कमर्चारीको माग छ।
यद्यपि असोज ३ गतेको नेप्सेको संचालक समितिको बैठकले बोनसदरको विषयमा फरक निर्णय गरेको कर्मचारीको दाबी छ। त्यसपछि कर्मचारी आन्दोलित भएका हुन्।









