Saturday, July 25, 2026
spot_img

“Road to IPO” कार्यशाला सम्पन्न

spot_img

एनआईएमबि एस क्यापिटल लिमिटेडले पायोनियोर ल एसोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा  “Road to IPO” नामक कार्यशाला सम्पन्न गरेको छ। विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशन (Initial Public Offering) को प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको क्यापिटलले जनाएको छ।

कार्यक्रमको उद्घाटन एमआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरेका थिए। उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दिर्घकालिन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए ।

Pioneer Law Associates का Managing Partner, अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे । NIMB ACE Capital Limited का DCEO सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरु, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे ।

यसका अतिरिक्त ICRA Nepal का Rating Division का प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरेका थिए।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img