Monday, July 13, 2026
spot_img

 Pre-IPO को नाममा शेयर नबेच्न र नकिन्न धितोपत्र बोर्डको आग्रह

spot_img

नेपाल धितोपत्र बोर्डले  Pre-IPO नाममा शेयर नबेच्न र नकिन्न आग्रह गरेको छ । धितोपत्र बोर्डले आज  एक विज्ञप्ति जारी गर्दै Pre-IPO नाममा शेयर नबेच्न र नकिन्न आग्रह गरेको हो।

सार्वजनिक निष्काशन नभएका विभिन्न संगठित संस्थाहरुको शेयर Pre- IPO को नाममा सामाजिक संजाल (Whatsapp, Viber, Facebook Group), Email तथा SMS मार्फत् उक्त कम्पनीहरुको निकट भविष्यमा नै सार्वजनिक निष्काशन गरिने भन्दै सर्वसाधारणलाई शेयर खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाइरहेकोले उक्त कार्य तत्काल रोक्न लगानीकर्ताहरुबाट बोर्डमा गुनासो प्राप्त भएको भन्दै यस विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।

प्रचलित कानूनमा Pre-IPO सम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ भन्ने व्यवस्था बोर्डले स्मरण गराएको छ ।

बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको शेयर खरिद / बिक्री सम्बन्धी कार्य नगर्न/नगराउन बोर्डले सूचित गरेको छ। यसरी धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्यहरु दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन बोर्डले आग्रह गरेको छ । बोर्डले सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन अनुरोध गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img