Tuesday, August 18, 2026
spot_img

धितोपत्र बोर्डले प्रिमियममा आईपीओ अनुमति दिएका सिमेन्ट कम्पनी: कुनको अवस्था कस्तो ?

spot_img

नेपालको शेयरबजारमा अहिले ४ वटा सिमेन्ट कम्पनी सूचीकृत छन्। नेपाल धितोपत्र बोर्डले ४ वटै कम्पनीलाई अंकित मूल्य भन्दा धेरैमा अर्थात् प्रिमियममा वा बुक विल्डिङबाट आईपीओ निष्काशन अनुमति दिएको हो ।

हाल शेयरबजारमा सर्वोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट, शिवम सिमेन्ट र घोराही सिमेन्टले आईपीओ निकालेका हुन् । यी मध्ये सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निकालेको हो भने बाँकि ३ कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निकालेका हुन्।

सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टले प्रति शेयर ३६०.९० रुपैयाँ, शिवम सिमेन्टले प्रति शेयर ३०० रुपैयाँ, सोनापुर सिमेन्टले २३७.५८ रुपैयाँ र घोराही सिमेन्टले ४३५ रुपैयाँमा आईपीओ निष्काशन गरेका थिए। यी ४ वटै सिमेन्ट कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन्। जसमा ४ वटा मध्ये ३ वटा कम्पनी खुद नाफामा देखिएका छन्।

खुद नाफाको तुलना सर्वोत्तम सिमेन्ट शिर्ष स्थानमा रहेको छ। यस अवधिमा सर्वोत्तम सिमेन्टले सर्वाधिक १ अर्ब ४५ लाख खुद नाफा कमाएको छ। त्यस्तै शिवम सिमेन्टले ७९ करोड ४१ लाख खुद नाफा कमाएको छ भने सोनापुर सिमेन्टले ६१ लाख ५० हजार खुद नाफा कमाएको छ।  घोराही सिमेन्ट भने ६६ करोड ३ लाख रुपैयाँ खुद घाटामा छ।

संचालन आम्दानीको तुलना गर्दा सर्वोत्तम सिमेन्टको संचालन आम्दानी सबैभन्दा धेरै ९ अर्ब ५५ करोड रहेको छ। शिवम सिमेन्टको संचालन आम्दानी ७ अर्ब ७६ करोड, घोराही सिमेन्टको संचालन आम्दानी ५ अर्ब ५ करोड तथा सोनापुर सिमेन्टको संचालन आम्दानी २ अर्ब ६१ करोड रहेको छ।

यी ४ सिमेन्ट कम्पनी मध्ये सर्वोत्तम सिमेन्टको प्रति शेयर आम्दानी सबैभन्दा धेरै २०.१९ रुपैयाँ रहेको छ भने शिवम सिमेन्टको प्रति शेयर आम्दानी १४.५५ रुपैयाँ रहेको छ। सोनापुर सिमेन्टको प्रति शेयर आम्दानी ०.२० रुपैयाँ रहँदा घोराही सिमेन्टको प्रति शेयर आम्दानी ऋणात्मक रहेको छ।

प्रति शेयर नेटवर्थ हेर्दा सर्वोत्तम सिमेन्टको प्रति शेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ भने सोनापुरको प्रति शेयर नेटवर्थ १९०.४९ रुपैयाँ छ।  त्यस्तै शिवम सिमेन्टको प्रति शेयर नेटवर्थ १८८.५७ रुपैयाँ छ भने घोराही सिमेन्टको प्रति शेयर नेटवर्थ १८८.४७ रुपैयाँ रहेको छ।

यी ४ कम्पनी मध्ये शिवम सिमेन्टको चुक्ता पुँजी सबैभन्दा धेरै ५ अर्ब ४५ करोड रहेको छ भने सर्वोत्तमको ४ अर्ब ७७ करोड रहेको छ।  त्यस्तै घोराहीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रहेको छ भने सोनापुरको चुक्ता पुँजी ३ अर्ब ७ करोड रहेको छ।

यसरी हेर्दा सबैभन्दा बढी मूल्यमा आईपीओ निष्काशन गरेको घोराही सिमेन्टको कम्पनीको अवस्था सबैभन्दा खराब देखिएको छ। कम्पनीले आईपीओ निकालेको वर्ष १५ प्रतिशत लाभांश दिएको थियो। आईपीओ निकाले लगत्तै कम्पनीले नाफामा गएको रिपोर्ट निकालेपनि त्यसपछि भने अहिलेसम्म लगातार घाटामा गएको रिपोर्ट निकाल्न थालेको थियो। अहिले पनि कम्पनी घाटा मै छ।

यसले धितोपत्र बोर्डको क्षमतामाथि पनि प्रश्न उठेको छ। संसदको लेखा समितिले पनि प्रिमियम मूल्य तय गर्ने प्रक्रियामै प्रश्न उठाएको छ । सम्पत्तिको पुनर्मूल्याङ्कन गरेर मूल्य तय गर्न सक्ने व्यवस्थामा पनि लेखा समितिले चासो देखाउँदै सम्पत्तिको पुनर्मूल्याङ्कन नगरी मूल्य तय गरेर नेट वर्थ ९० रुपैयाँभन्दा माथि रहेका कम्पनीलाई मात्र आईपीओ अनुमति दिन निर्देशन दिएको थियो । साथै लेखा समितिले बुक विल्डिङ विधि अनुसार अगाडी बढ्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । यसको अलावा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघिका प्रिमियम मूल्यको आईपीओ अनुमति प्रक्रिया माथि अध्ययन गरिरहेको छ ।

यस अघि : २ वर्षदेखि प्रिमियमको आईपीओ ठप्प, यी ११ कम्पनीले पाउलान् अनुमति ? 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img