आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार १ सय ७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ८५ रुपैयाँ तोकिएको छ ।









