Wednesday, July 15, 2026
spot_img

२ वर्षदेखि प्रिमियमको आईपीओ ठप्प, यी ११ कम्पनीले पाउलान् अनुमति ?

spot_img

झण्डै दुई वर्षदेखि प्रिमियम मूल्यको आईपीओलाई निष्काशन अनुमति दिने प्रक्रिया ठप्प रहेको छ । पछिल्लो समय २०८० कार्तिक १ गते धितोपत्र बोर्डले हिमालयन रि–इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो । त्यसपछि कुनै पनि प्रिमियम मूल्यको आईपीओ स्वीकृत भएको छैन ।

यद्यपी, त्यसपछि बुक विल्डिङ विधिबाट सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आईपीओ अनुमति पाएका थिए । सर्वोत्तम सिमेन्टले विवादकै बीच आईपीओ निष्काशन गरेको थियो भने अदालतमा मुद्दा परेपछि रिलायन्स स्पिनिङ मिलसले आईपीओ निष्काशन गर्न सकेको छैन । अदालतले रिलायन्सलाई आईपीओ निष्काशन अनुमति दिन आदेश दिएपनि धितोपत्र बोर्डले अझै आदेश पालना गरेको छैन ।

संसदको लेखा समितिले प्रिमियम मूल्य तय गर्ने प्रक्रियामै प्रश्न उठाउँदै आएको छ । सम्पत्तिको पुनर्मूल्याङ्कन गरेर मूल्य तय गर्न सक्ने व्यवस्थामा पनि लेखा समितिले चासो देखाउँदै सम्पत्तिको पुनर्मूल्याङ्कन नगरी मूल्य तय गरेर नेट वर्थ ९० रुपैयाँभन्दा माथि रहेका कम्पनीलाई मात्र आईपीओ अनुमति दिन निर्देशन दिएको थियो । साथै लेखा समितिले बुक विल्डिङ विधि अनुसार अगाडी बढ्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

यसको अलावा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघिका प्रिमियम मूल्यको आईपीओ अनुमति प्रक्रिया माथि अध्ययन गरिरहेको छ । यी कारणले गर्दा धितोपत्र बोर्ड प्रिमियम मूल्यको आईपीओलाई अनुमति दिन झस्किएको छ । यसै कारण झन्डै २ वर्षदेखि प्रिमियम मूल्यको कुनै पनि आईपीओ स्वीकृत भएको छैन ।

यी ११ कम्पनीले पाउलान् अनुमति ?

अहिले पनि धितोपत्र बोर्डमा ११ कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गरेर बसेका छन् । यी कम्पनीले प्रति कित्ता ४०० रुपैयाँसम्मको मूल्य तय गरेर आईपीओको लागि अनुमति दिएका हुन् ।

छायाँ देवी कम्प्लेक्स लिमिटेडले प्रति कित्ता ४०० रुपैयाँमा १४ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ । जबकी यस कम्पनीले सञ्चालन गरिरहेको ठमेलको छायाँदेवी कम्प्लेक्सको जग्गा विवादबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

प्रिमियममा आईपीओ निष्काशन अनुमति माग गर्नेमा ३ वटा सिमेन्ट कम्पनी पनि छन् । मारुती सिमेन्टले प्रति कित्ता ३७७, शौर्य सिमेन्टले प्रति कित्ता २६४.५१ रुपैयाँ र ऋद्धिसिद्धि सिमेन्टले प्रति कित्ता २१४.१ रुपैयाँमा शेयर निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।

यस अघि नाफा देखाउँदै प्रति कित्ता ४३५ मा शेयर निष्काशन गरेको घोराही सिमेन्ट विगत २ वर्षदेखि घाटामा छ । कम्पनी नाफामा देखाएर प्रति कित्ता २३७.५८ रुपैयाँमा आईपीओ निष्काशन गरेको सोनापुर सिमेन्ट पनि आईपीओ निष्काशन गरेपछि लगातार ६ त्रैमाससम्म घाटामा रहेको वित्तीय विवरण प्रकाशन भएको थियो । यसले कम्पनी नाफामा रहेको देखाएर प्रिमियममा आईपीओ ल्याउने र आईपीओ ल्याएपछि घाटाको वित्तीय विवरण प्रकाशन गर्ने गरेको देखिन्छ । यसकारण पनि विवाद हुने भएकोले प्रिमियम मूल्यको आईपीओलाई अनुमति दिन बोर्डले नचाहेको देखिन्छ ।

हाइड्रोतर्फ सेन्चुरी इनर्जीले प्रति कित्ता २७५.११ रुपैयाँमा र नुम्बुर हिमालय हाइड्रोले प्रति कित्ता २१८ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति मागेका छन् । यी दुवै कम्पनीका आयोजनाले विद्युत उत्पादन थालिसकेका छन् ।

यी बाहेक प्रिमियममा आईपीओ निष्काशनको अनुमति माग्ने कम्पनीमा हुलास इन्फ्रा लिमिटेड, कैलाश हेलिकप्टर, जगदम्बा स्टिल्स, ह्याम्स हस्पिटल र शिवम् होल्डिङ्स रहेका छन् ।

तर, प्रिमियमको आईपीओको विषयमा संसदीय समिति, अख्तियार, महालेखापरिक्षकको कार्यालयले कैफियत देखे छन् । साथै अदालतमा पनि विभिन्न मुद्दाहरु विचाराधीन रहेकोले यी कम्पनीले सहजै प्रिमियममा आईपीओ निष्काशनको अनुमति पाउने अवस्था देखिँदैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...
spot_img