हिमस्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। सिडिएससी, निष्काशनकर्ता कम्पनी हिम स्टार उर्जा तथा शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा आज साउन २८ गते सम्झौता भएको हो।
अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयर असार ३२ गते बाँडफाँड भएको थियो।
यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत रहेका छन् ।









