रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको ‘लक इन’ अवधि आज जेठ ८ गतेबाट सकिँदैछ । संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि आजबाट सकिँदै छ ।
लकइन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीको ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय बासिन्दालाई प्रदान गरेको सेयर र १ लाख ३६ हजार ५ सय कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको लकइन अवधि सकिन लागेको हो ।
कम्पनीले सर्वसाधारणलाई २०७९ जेठ ९ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लकइनमा थियो । ३ वर्ष पूरा भएपछि आजबाट लकइन अवधि सकिएको हो ।












