Monday, May 4, 2026
spot_img
spot_img

ग्लोबल कलेज ग्रुपका दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

spot_img
spot_img

शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका छन्। ग्लोबल कलेज ग्रुप अन्तर्गतका प्रोफेसनल होल्डिंग्स लिमिटेड र युनिग्लोब हायर सेकेण्डरी स्कुल काठमाडौँ लिमिटेडले आईपीओ निष्काशन गर्ने भएका छन् ।

यी दुवै कम्पनीले आगामी चैत्र २८ गते बानेश्वरमा रहेको ग्लोबल कलेजमा साधारणसभा आह्वान गरेका हुन् । सभामा विशेष प्रस्ताव अन्तर्गत दुवै कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि समावेश गरेका छन् ।

दुवै कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश पनि प्रस्ताव गरेका छन् । जसमा प्रोफेसनल होल्डिंग्स लिमिटेडले ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै युनिग्लोब हायर सेकेण्डरी स्कुल काठमाडौँ लिमिटेडले  ५ प्रतिशत बोनस शेयर र २.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यी दुवै कम्पनीका अध्यक्ष खगेन्द्र ओझा हुन् । यी कम्पनी अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल/कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज सञ्चालनमा छन् ।

२०८१ साउनमा नेपाल लाइफ इन्स्योरेन्सले यी कम्पनीमा लगानी गरेको थियो । नेपाल लाइफले प्रोफेसनलमा ७३ करोड ७२ लाख रुपैयाँ लगानी गरी ३५.३२  प्रतिशत स्वामित्व लिएको थियो भने युनिग्लोब हायर सेकेण्डरी स्कूलमा ६० करोड लगानी गरी ४७.६२  प्रतिशत सेयर स्वामित्व लिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img