नेपाल ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन फर ट्याक्स पर्पजेस’ को १७३ औँ सदस्य राष्ट्र बनेको छ । कर छलीविरुद्धको यस अभियानमा सदस्य बन्ने नेपाल २४औँ एसियाली मुलुक हो ।
यस फोरममा जी–२० का सबै मुलुकहरु, ओईसीडीका सबै मेम्बर मुलुकहरु समेत सहभागी छन् । नेपालले पनि सूचना आदानप्रदान गर्दै यस सम्बन्धि मापदण्डहरू कार्यान्वयन गर्दै जाने र कर छली नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको छ ।
नयाँ सदस्यको रूपमा नेपालले बहुवर्षीय क्षमता अभिवृद्धि कार्यक्रम समेत पाउने छ ।












