Friday, July 3, 2026
spot_img

फोर्थिङ फ्राइडे ईभीको “Forthing Exchange Fest” घोषणा: ७ लाखसम्मको विशेष सुविधा

spot_img

Forthing प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रा. लि. ले काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) मा २०८२ चैत ६ देखि ८ गतेसम्म “Forthing Exchange Fest” को घोषणा गरेको छ।

यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी Forthing Friday सँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले कुल ७ लाख सम्मको बचत गर्न सक्नेछन् । जसमा एक्सचेन्ज बोनस, नगद छुट, बीमा जस्ता सुविधाहरु रहेका छन् । कम्पनीका अनुसार हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाउने गरी एक्सचेन्ज बोनस दिइनेछ ।

त्यसैगरी, नयाँ Forthing Friday को खरिदमा आकर्षक नगद छुट पनि उपलब्ध हुनेछ । १ वर्षको अटो प्लस बीमा, १ वर्षको सडक कर, निःशुल्क स्पेयर टायर र एसी चार्जर पनि उपलब्ध हुनेछ ।

“हाम्रो Forthing Exchange Fest केवल एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा हो । ७ लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ हामी ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउँदैछौँ” लक्ष्मी ई-मोबिलिटीले भनेको छ ।

फोर्थिङ, चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी Dongfeng Motor Group को सहायक कम्पनी Dongfeng Liuzhou Motor Co. Ltd. अन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रा. लि. नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अब पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने

अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने भएको...

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...
spot_img