आरविवि मर्चेन्ट बैंकिंङ लिमिटेडले संचालन गरेको आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले लाभांश घोषणा गरेको छ। फण्डले असोज १ गते लाभांश घोषणा गरेको हो ।
जस अनुसार आर्थिक वर्ष २०८२/८३ को लागि आरविवि म्युचुअल फण्ड १ ले कर सहित २.७५ प्रतिशत नगद लाभांश र आरविवि म्युचुअल फण्ड २ ले कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
दुवै फण्डले लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म इकाईधनीले मात्र सो लाभांश पाउन सक्ने छन् ।










