spot_img

प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र जारी गर्दै धितोपत्र बोर्ड

spot_img

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र जारी गर्ने घोषणा गरेको छ। बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले बिहीबार यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार नेपालको प्राथमिक पूँजी बजार लाई थप व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउन बोर्डले आवश्यक नीतिगत तथा नियामकीय सुधारलाई निरन्तर अघि बढाइरहेको छ। साथै बोर्डले सार्वजनिक निष्काशन प्रक्रियामा सुधार गर्नुपर्ने विषयहरूलाई समेट्दै प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र (Primary Market White Paper) समेत सार्वजनिक गर्ने तयारी भएको उनले बताएका हुन्।

उक्त श्वेतपत्रले सार्वजनिक निष्काशन प्रक्रियालाई थप व्यवस्थित बनाई लगानीकर्ता हित संरक्षण, सुशासन प्रवर्द्धन तथा पूँजी बजारप्रति जनविश्वास अभिवृद्धि गर्ने बोर्डको विश्वास रहेको छ । सो श्वेतपत्रले प्राथमिक बजारको गुणस्तरीय रूपान्तरण (Qualitative Transformation) बोर्डको प्रमुख प्राथमिकता रहेको डा. भट्टले उल्लेख गरेका छन्। अध्यक्ष भट्टले सार्वजनिक निष्काशन गर्ने कम्पनीहरूको वित्तीय स्वास्थ्य (Financial Health) तथा संस्थागत सुशासन (Corporate Governance) थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

साथै उनले धितोपत्रको प्राथमिक बजारमा मर्चेन्ट बैंकरहरुको अहम भूमिका हुने हुनाले यी संस्थाहरु बजार प्रति जिम्मवार भई लगानीकर्ताको हकहित संरक्षण गर्ने कार्य प्रति अग्रसर हुनपर्ने बताए ।

बोर्डले बिहीबार ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो। कार्यक्रममा बोर्डका अध्यक्ष तथा बोर्डका पदाधिकारी र मर्चेन्ट बैंकर संस्थाका उच्च पदस्थ अधिकारी सहित करिब ६५ जनाको सहभागिता रहेको थियो।

सार्वजनिक निष्काशनका क्रममा संगठित संस्थाहरूको वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गरी प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियालाई थप, उत्तरदायी बनाउने उद्देश्यले मिति २०८३ वैशाख ०१ गतेदेखि बोर्डले सो मापदण्ड लागु गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा...