spot_img

सर्वसाधारणलाई आजदेखि खुल्यो पाल्पा सिमेन्टको आईपीओ

spot_img

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आज फागुन १२ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै  उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ।

यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ।  कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ।  कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्रम्प र सी भेटवार्तामा ८ बुँदे सहमति: ३० अर्ब डलरको ट्यारिफ कटौती, चीनले २ वटा पाण्डा दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच...

छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण

संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ...

निप्पोन फर्मास्युटिकलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

निप्पोन फर्मास्युटिकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कोशी...

रोशी खोलाको बाढीले खतराको तह नाघ्यो, साइरन बज्न थाल्यो

बिपी राजमार्गको आडबाट बग्ने रोशी खोलाको बाढीले खतराको तह...

देशका मुख्य राजमार्ग बन्द, काठमाडौँमै रोकिए गाडी

निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा महत्वपूर्ण...

काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’

लगातारको अविरल वर्षाका कारण फोहोरो व्यवस्थापनमा पनि समस्या भएको...