spot_img

शिखर पावर डेभलपमेन्टले फागुन १७ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

spot_img

शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता (कर्मचारीलाई छुट्याईएको ४४ हजार ४ सय कित्ता बाहेक) शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा फागुन २२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  नेपाल धितोपत्र बोर्डले पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस कम्पनीले बाग्लुंगमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत उत्पादन गरिरहेको छ। साथै सोहि खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ।

यस कम्पनी अध्यक्ष नारायण प्रसाद उपाध्याय हुन् भने अन्य संचालकमा हेमराज आचार्य, सरोज दाहाल, नम्रता केसी र अभय पाण्डे रहेका छन् । 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकहरुलाई नाफा–नोक्सान प्रस्तुत गर्न नयाँ व्यवस्था आउँदै, NFRS 18 को मस्यौदा सार्वजनिक

बैंक तथा वित्तीय संस्थाहरुको लागि नाफा–नोक्सान प्रस्तुत गर्न छिट्टै...

यी हुन् सानिमा बैंकका ठूला शेयरधनी, ३ वटा बीमा कम्पनी भित्रिए

सानिमा बैंकमा लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा बढी...

विनोद चौधरीले भनेः ‘मेरो फोटो प्रयोग गरेर स्क्याम लिंकहरु आएका छन्, विश्वास नगर्नुहोस्’

उद्योगपति विनोद चौधरीले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिरको...

बाढी र पहिरो पश्चात ‘हाइ अलर्ट’मा प्राधिकरण, अवरुद्द सेवा पुनःस्थापनाका लागि टोली परिचालन

अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न...

कामना सेवाका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

कामना सेवा विकास बैंकमा कार्यरत महिला कर्मचारीहरूले रसुवामा आएको...

आज रातीदेखि मौसम सुध्रिने अनुमान

नेपालभरी वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार रातीबाट क्रमशः कमजोर...