Monday, July 27, 2026
spot_img

क्लब चौलानी लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल

spot_img

चौलानी ग्रुप अन्तर्गतको क्लब चौलानी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि गरिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

सम्झौता पत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र के.सी. तथा गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन्। कम्पनीले  आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारण लाई निष्काशन गर्न लागेको हो।

२०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लव चौलानी लिमिटेड
२०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। यस कम्पनीले धनगढीमा ८० कोठा सहितमा पाँच तारे होटेल निर्माण गरिरहेको छ। यो होटेल निर्माण सम्पन्न भएपछि लेमन ट्री होटेलको नामबाट संचालनमा आउने छ । निर्माण सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशकै नमूना र पहिलो पाँच तारे होटल बन्ने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img