केबी एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २७ मा बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १० करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको १० लाख ९७ हजार २ सय ५० कित्ता शेयर निष्काशनको अनुमति मागेको हो। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीका अध्यक्ष केशव थापा हुन्। यो कम्पनीले पोल्ट्री व्यवसाय गर्दै आएको छ । कम्पनीमा निम्बस समूहको ४३ प्रतिशत लगानी रहेको छ ।
कम्पनीको धादिङमा ५५० मेट्रिक टन क्षमताको भण्डारण इकाई रहेको छ भने र बालाजु औद्योगिक क्षेत्रमा वितरण केन्द्र छ, जुन १० मेट्रिक टन क्षमताको छ।












