Saturday, July 25, 2026
spot_img

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

spot_img

सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बिजनेशपानाले यस हिजो नै धितोपत्र बोर्डका कर्मचारी काममा फर्किएकोले सोलु हाइड्रोले छिट्टै आईपीओ निष्काशनको अनुमति पाउन सक्ने समाचार प्रकाशन गरेको थियो।

यो कम्पनीले २०८० असोज २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ।  कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् । सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img