Saturday, July 25, 2026
spot_img

बाँडफाँड भएको दुई महिनासम्म पनि सूचीकृत भएनन् आईपीओ, लगानीकर्ताको सम्पति बन्धक

spot_img

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ साउन २९ गते बाँडफाँड गरेको थियो। सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको २ महिनाभन्दा धेरै अवधि भईसक्दा पनि कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुन सकेको छैन।

२ महिना बितीसक्दा पनि कम्पनीको शेयर सूचीकरण भएर कारोबारमा आउन नसक्दा लाखौ लगानीकर्ताको सम्पति बन्धक भएको छ। अझ वैदेशिक रोजगारी कोटामा आईपीओ भरेकाहरुको सम्पति झन् लामो समय बन्धक बनेको छ।  दरमखोला मात्र नभई आईपीओ निष्काशन गरेर बाँडफाँड भईसकेका ७ वटा कम्पनीको शेयर सूचीकरण हुन बाँकि छ।

यस्ता छन् आईपीओ बाँडफाँड भएर नेप्सेमा सूचीकृत हुन बाँकि कम्पनीहरु :

१. दरमखोला हाइड्रो इनर्जी लिमिटेड

२. माबीलुङ इनर्जी लिमिटेड

३. स्वस्तिक लघुवित्त

४. बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड

५. बुङ्गल हाइड्रो लिमिटेड

६. झापा इनर्जी लिमिटेड

७. सागर डिस्टिलरी लिमिटेड

 किन भईरहेको छ ढिलाई ?

सिडीएससीले आफ्नो तर्फबाट कुनै ढिलाई नभएको जनाएको छ। शेयर डिम्याट गराउनको लागि सम्झौता भएकाहरुको हकमा शेयर डिम्याट गराएर समबन्धित लगानीकर्ताको डिम्याट खातामा शेयर पठाईसकिएको र बाँकिको हकमा पनि डिम्याट खातामा पठाउने क्रम चलिरहेको सिडीएसले जनाएको छ।

सम्बन्धित कम्पनीहरुले कागजात लैजान ढिलाई गरेको कारण पनि सूचीकरण प्रक्रिया केही ढिलाई भएको देखिन्छ । अन्तिम प्रक्रिया पुरा गरिसकेको हकमा भने नेप्सेमा आन्दोलन चलिरहेकोले शेयर सूचीकरणको लागि ढिलाई भएको बताईएको छ।

दरमखोलाको शेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटलका अनुसार दरमखोलाको आईपीओ सूचीकरणको लागि दशैँ लगतै नेप्सेमा कागजात बुझाईएको थियो। तर नेप्सेमा हाल कर्मचारीको आन्दोलन चाहिरहेको छ । शेयर सूचीकरणको लागि नेप्सेको सीइओले नै निर्णय गर्नु पर्ने भएकोले शेयर सूचीकरण हुन नसकेको बताईएको छ।

यदी नेप्सेका कर्मचारीको लागि आन्दोलन तत्काल नसकिए शेयर सूचीकरणको कार्यको लागि अझै धेरै समय लाग्न सक्ने देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img