सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने

spot_img

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गर्न लागेको हो । एफपीओ निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेकोछ ।

साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो । संस्थाको कुल चुक्ता पूँजी  एकानब्बे करोड सात लाख बयासी हजार पाँच सय आठ रुपैयाँमा संस्थाको पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण समूहको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...