Sunday, July 26, 2026
spot_img

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

spot_img

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले असोज २ गते बिहीबार बिहान ९:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।

कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म  आम सर्वसाधारणलाई  १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। यो आईपीओ १ लाख ७० हजार १ सय ५० जनालाई मात्र पर्ने छ।

कम्पनीले यस अघि नै आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् । बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img