सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले रु.१००÷– अंकित दरका २४ लाख कित्ताले हुन आउने रु.२४ करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो।
सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।









