Saturday, July 25, 2026
spot_img

 “सेतो बाघ भोड्का” उत्पादक नेचुरल इस्पीरीट्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

spot_img

नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्न र शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ। सम्झौतामा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले  हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो ।
नेचुरल इस्पीरीट्स नेपाल लिमिटेड, मिति २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने, यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ ।

परिवारीक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन शुरु गरेको हो । उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नविनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।

२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध-स्वचालित बोटलिङ लाइन, सातवटा ११,००० लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५,००० लिटर क्षमताका Extra Neutral Alcohol (ENA) ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ। हाल यस कम्पनीले “सरङ्गी व्हिस्की ४० UP” र “सेतो बाघ भोड्का ३० UP” नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १,३४,२९८ लिटर रहेको छ । निकट भविष्यमा कम्पनीले “रारा ब्लुज ४० UP ” नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री तथा वितरण गर्न तयारी गरि रहेको छ ।

गुणस्तरलाई उच्चतम प्राथमिकतामा राख्दै उत्पादन र बजार विस्तार गर्ने लक्ष्यसहित, नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले आगामी दिनमा निरन्तर नवप्रवर्तन, ग्राहक सन्तुष्टि र दिगोपनप्रति प्रतिबद्ध रहि नेपाली मदिरा उद्योगमा अग्रणी कम्पनीका रूपमा स्थापित हुने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img