आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकले ५५ करोड २२ लाख खुदनाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ५० करोड १५ लाख खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको नाफा १०.१० प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २६ करोड रहेको छ भने कुल संचालन आम्दानी १ अर्ब ७६ करोड रहेको छ। यद अवधिमा बैंकले सम्भाविक जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत १८ करोड ४० लाख छुट्याएको छ। बैंकको खुद संचालन आम्दानी १ अर्ब ५८ करोड रहेको छ भने संचालन नाफा ७८ करोड ३४ लाख रहेको छ। बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६० करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर आम्दानी २३.४९ रुपैयाँ रहेको छ।
बैंकले २ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा ३.१९ प्रतिशत रहेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९.४९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १९९.६६ रुपैयाँ रहेको छ। ११ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ९ अर्ब ६९ करोड रहेको छ।










