मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ। अब दिर्घकालिन लगानीकर्ताको लागि लाभकर ३.७५ प्रतिशत र अल्पकालीन लगानीकर्ताको लागि लाभकर ५ प्रतिशत कायम हुनेछ।
नेपाल राजपत्रमा छापिएपछि नयाँ दर लागु हुने छ ।
यस अघि अर्थ मन्त्रालयले पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै पुँजीगत लाभघर घटाउने घोषणा गरेको थियो। सरकारले शेयरबजारमा कारोबार गरेर हुने लाभमा पुँजीगत लाभकर तिर्दा घाटा समायोजन गर्न सक्ने र वर्षभरको अवधिमा वास्तविक लाभ भएमा मात्र लाभकर तिर्नु पर्ने व्यवस्था पनि गर्ने छ।










