सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।










