Monday, June 22, 2026
spot_img

बुद्धभुमि नेपाल हाइड्रोपावरले लिलामीमा ल्याएको शेयरको अन्तिम कटअफ मूल्य कति ?

spot_img
spot_img

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको अन्तिम कटअफ मूल्य २९६.०५ रुपैयाँ कायम भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार सबै सबै आवेदन र चेकको भेरिफिकेशनपछि अन्तिम कट अफ मूल्य २९६.०५ रुपैयाँ कायम भएको हो ।

यस लिलामीमा परेका शिलबन्दी बोलपत्र गत असार ४ गते खोलिएको थियो । क्यापिटलका अनुसार यस लिलामीको शेयरमा २ हजार वटा भन्दा बढी आवेदन परेका थिए। लगानीकर्ताबाट अधिकतम ३५० रुपैयाँसम्मको  विड परेको थियो। अन्तिम कट अफ मूल्य २९६.०५ रुपैयाँ कायम भएकोले सो मूल्य भन्दा बढी कबुल गरेर आवेदन दिनेले माग गरे बमोजिम नै शेयर पाउने छन् । कटअफ मूल्य मै आवेदन दिनेहरुले भने समानुपातिक रुपमा शेयर पाउने छन् ।

क्यापिटलका चिफ मर्चेन्ट बैंकिङ अफिसर दामोदर रायमाझीका अनुसार शेयर नपर्नेहरुको हकमा यसै सातादेखि पैसा फिर्ता गर्न सुरु गरिने छ। आवेदकले उल्लेख गरेको बैंक खातामा नै पैसा  फिर्ता गरिने छ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि जेठ २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको थियो। कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर जेठ २१ देखि जेठ २९ गतेसम्म लिलाममा ल्याएको थियो।

कम्पनीले चैत्र २२ देखि वैशाख २८ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर लिलामीमा आएको हो।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ...

महासंघमा विषयगत समितिको नेतृत्व टुङ्गियो, कसले कुन जिम्मेवारी पाए ?

नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति...

११ महिनामा १६ खर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ११ महिना (श्रावणदेखि जेठसम्म) मा नेपालको...

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...
spot_img