spot_img

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

spot_img

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट भएको छ । आयोगका पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समितिले सदस्यको लागि परेका २२ जनामध्येबाट ९ जनाको नाम सर्टलिस्ट गरेको हो।

सर्टलिस्टमा पर्नेमा निरज्वल बस्नेत, रुद्र प्रसाद सिटौला, जयराज भण्डारी, लोकराज पाठक, बलराम सिलवाल , विज्ञान श्रेष्ठ, अर्जुन कुमार गौतम, नरेन्द्र सिंह भण्डारी, र नारायण प्रसाद सापकोटा रहेका छन् । अब सर्टलिस्टमा परेकाहरुको असार ८ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाता हुने छ।

आयोगमा १ जना अध्यक्ष र एक जना महिला सहित ४ जना सदस्य हुने व्यवस्था छ । अध्यक्षको लागि सर्टलिस्टमा परेकाहरुको असार ६ गते नै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाता सम्पन्न भईसकेको छ ।  अध्यक्षको लागि केशवध्वज अधिकारी, डा. राम प्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोति बहादुर कुँवर, डा. मधुसुदन अधिकारी, भोलानाथ शर्मा घिमिरे र नारायण प्रसाद सापकोटा परेका थिए।

यसअघि आयोगका अध्यक्ष र चार  सदस्य सरकारले जारी गरेको ‘ सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा...