Thursday, August 13, 2026
spot_img

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

spot_img

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भएको छ । मन्त्रालयले आज असार २२ गते सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकलाई  १५ दिन अर्थात् असार २२ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनेको हो ।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ६क. बमोजिम योग्यता तथा अनुभव भएको र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ४ बमोजिम अयोग्य नरहेकोले आवेदन दिन सक्ने छन्।

मन्त्रालयका अनुसार दरखास्त साथ अर्थ मन्त्रालयको website: www.mof.gov.np मा प्रकाशित कर्मचारी सञ्चय कोषको प्रशासकको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०५३ को दफा ३ बमोजिमको कागजात तथा विवरण र स्वयं घोषणा निवेदक स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ५ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नुपर्नेछ । खामबन्दी प्रस्तावको खाम बाहिर “कर्मचारी सञ्चय कोषको प्रशासकका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” उल्लेख गरेको हुनुपर्नेछ । छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण समेत गर्नुपर्नेछ ।

सरकारले अध्यादेश ल्याएर यस अघि कोषको प्रशासक रहेका जितेन्द्र धिताललाई पदमुक्त गरेको थियो। त्यसपछि कोषको प्रशासक पद रिक्त रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...

गरिमा क्यापिटलको निमित्त सीइओमा अशोक सुवेदी

गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अशोक सुवेदी नियुक्त...
spot_img