नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति चयन भएका छन् । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विभिन्न परिषद, फोरम र समितिमा सभापति नियुक्त गर्दै पत्रसमेत बुझाइएसकेका छन् ।
जस अन्तर्गत सल्लाहकार समितिको सभापतिमा महेशलाल प्रधान, एफएनसीसीआई विज्ञता परिषदको सभापतिमा कुश कुमार जोशी चयन भएका छन् । उनीहरु दुबै जना महासंघका पूर्व अध्यक्ष हुन् ।
यसैगरी, उद्योग वाणिज्य परिषदको सभापतिमा उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा अर्का उपाध्यक्ष दीलसुन्दर श्रेष्ठ चयन भएका छन् ।
वस्तुगत परिषदको सभापतिमा उपाध्यक्ष नरेशलाल श्रेष्ठ र रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष प्रबलजंग पाण्डे चयन भएका छन् ।
महासंघको कृषि उद्यम केन्द्रको सभापतिको जिम्मेवारी केन्द्रीय सदस्य शिवप्रसाद घिमिरेले पाएका छन् ।
यस्तै, कर तथा राजस्व समिति सभापतिमा अरनीको राजभण्डारी, उद्योग समितिको सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समितिको सभापतिमा नवीन रिजाल र महिला उद्यमी विकास समितिको सभापतिमा सुनिता नेमाफुकी चयन भएका छन् ।
सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनयेना घिमिरे, स्थल यातायात तथा पारबहन समितिको सभापतिमा लिलेन्द्र प्रसाद प्रधान र पर्यटन तथा हवाई यातायात समितिको सभापतिको जिम्मेवारी संघर्ष बिष्टले पाएका छन् ।
बैंक वित्तीय तथा बीमा समितिको सभापतिमा हेमन्त गोल्छा, निर्यात समितिको सभापतिमा होम प्रसाद घिमिरे, व्यापार तथा मेला समितिको सभापतिमा सबीन श्रेष्ठ र सहरी विकास समितिको सभापतिमा बिदुर धमला चुनिएका छन् ।
स्वास्थ्य विज्ञान समितिको सभापतिमा विप्लव पौडेल, शीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड ईमोभसन समितिको सभापतिमा सहारा जोशी र पूँजी बजार समितिको सभापतिमा प्रिय राज रेग्मीलाई जिम्मेवारी दिइएको छ ।
सामाजिक सेवा फोरमको नेतृत्व राजकुमार कार्कीले पाउँदा उत्पादकत्व तथा गुणस्तर समिति समितिको सभापतिमा रबिन पुरी चुनिएका छन् ।
घरेलु तथा साना उद्योग समिति, ऊर्जा समिति, स्थानीय आर्थिक विकास समिति, अन्तर्राष्ट्रिय मामला तथा लगानी समिति र खेलकुद तथा मनोरञ्जन समितिको सभापति भने चयन गर्न बाँकी छ ।












