आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४७ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५५ रुपैयाँ तोकिएको छ ।












