Friday, June 5, 2026
spot_img

शिवश्री हाइड्रोको ८ लाख ६५ हजार कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन?

spot_img
spot_img

शिवश्री हाइड्रोपावर लिमिटेडले आज कार्तिक २० गतेदेखि हकप्रदमा अवितरित ८ लाख कित्ता बढी शेयर लिलाममा ल्याएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८ सय ४५ कित्ता शेयर लिलाममा ल्याएको हो।

यस लिलामी प्रक्रियाको लागि सिटिजन्स क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिनको लागि कार्तिक २७ गतेसम्मको म्याद तोकिएको छ ।

काठमाडौँ जिल्ला भित्र सिटिजन्स क्यापिटलको कार्यालय डिल्लीबजारबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने  सिटिजन्स बैंकको शाखाहरु कुमारीपाटी, ठीमी, इटहरी, बिराटनगर, बिर्तामोड, बिरगंज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगंज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले भदौ ११ गतेदेखि असोज २३ गतेसम्म  १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको एक सय प्रतिशतले हुन आउने  १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जस मध्ये रितपुर्वक आवेदन दिने शेयरधनीलाई १ करोड ३८ लाख ९८ हजार १ सय ५५ कित्ता शेयर बाँडफाँड गरिएको थियो।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने व्यवस्था थियो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते  हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img