spot_img

नेको इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर वैशाख १२ देखि लिलाममा, कहाँ दिने आवेदन ?

spot_img

नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ गते हकप्रदमा अवितरित सवा २ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ।  कम्पनीले हकप्रदमा अवितरित १ लाख २५ हजार २ सय ६१ दशमलव ३५ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

जस मध्ये १ लाख ८१ हजार ४ सय ८१ दशमलव ८३ कित्ता शेयर सर्वसाधारण समुहको छ भने बाँकि ४३ हजार ७ सय ७९ दशमलव ५२ कित्ता शेयर संस्थापक समुहको छ। यस लिलामीको शेयरमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिने छ।

शेयर लिलाम प्रक्रियाको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। सानिमा क्यापिटलको काठमाडौँको नक्साल स्थित कार्यालय र विराटनगर शाखाबाट आवेदन दिन सकिने छ।  त्यस्तै नेको इन्स्योरेन्सको विर्तामोड, बिरगंज, जनकपुर , भरतपुर, हेटौडा, पोखरा, बाग्लुंग, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ।

शेयरको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ।  सर्वसधारण समुहको हकमा न्युनतम १०० कित्ता र संस्थापक समुहको हकमा न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनेले सुरुमा शेयर पाउने छन् ।  त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ र यसैगरि क्रमश शेयर बाँकि रहेसम्म शेयर बाँडफांड हुने छ।

कम्पनीको हकप्रद शेयर गत चैत्र ३१ गते  बाँडफाँड गरिएको थियो । कम्पनीले फागुन ८ गतेदेखि चैत्र १४ गतेसम्म १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने  ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४८ लाख ५ हजार ६ सय ४० दशमलव २० कित्ता हकप्रद बाँडफाँड गरिएको थियो। यस संगै अब हकप्रदमा बिक्री नभएको २ लाख २५ हजार २ सय ६१ दशमलव ३५ कित्ता शेयर लिलाममा आएको हो ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक

सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री...

इजरालय पठाइदिने भन्दै १५६ जनालाई ठग्ने चौलागाईं पक्राउ

वैदेशिक रोजगारी सम्बन्धि ठगीको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि...

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...