सानिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गतेको लागि साधारणसभा बोलाएको हो ।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने , आ.व. २०८२/०८३ को लेखापरिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब, वासलात र नगद प्रवाह विवरण लगायत आर्थिक विवरण माथि छलफल गरि पारित गर्ने र आ.व. २०८३/०८४ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ।
सानिमा क्यापिटल सानिमा बैंकको सहायक कम्पनी हो ।









