Tuesday, September 1, 2026
spot_img

भोटेकोशी बाढी: हालसम्म २५ अर्बको बीमा दाबी, १३ अर्ब एउटै कम्पनीमा

spot_img

भदौ १० गतेको भोटेकोशी बाढीपछि बीमा कम्पनीहरुमा हालसम्म २५ अर्ब बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्ममा कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको बीमा दाबी परेको छ।

जस मध्ये सबैभन्दा धेरै द ओरिएन्टल इन्स्योरेन्समा १३ अर्ब ४ करोडको बीमा दाबी परेको छ । युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड , सानिमा जीआईसीमा २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा १ अर्ब ८८ करोड, र शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोडको बीमा दाबी परेको छ।

अन्य कम्पनीमा भने १ अर्ब भन्दा कमको बीमा दाबी परेको छ। जस अनुसार हिमालयन एभरेष्टमा ६४ करोड ७८ लाख, नेकोमा ५१ करोड ७० लाख, सगरमाथा लुम्बिनीमा २४ करोड २३ लाख, नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख, आईजीआई प्रुडेन्शियलमा १८ करोड ७३ लाख, र एनएलजीमा ११ करोड ३१ लाखको बीमा दाबी परेको छ।

प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख, राष्ट्रिय बीमा कम्पनीमा ७६ लाख, नेशनल इन्स्योरेन्समा ५३ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाखको बीमा दाबी परेको छ। हालसम्म कुल ५ सय ८३ बिमितले बीमा दाबीको लागि निवेदन दिएका हुन् ।

यद्यपि यो प्रारम्भिक बीमा दाबी मात्र हो । कतिपय बिमितले क्षतिको पूर्ण विवरण यकिन गरिनसकेकोले बीमा दाबी अझै बढ्ने देखिन्छ। बीमा कम्पनीहरुले झन्डै १ खर्बको बीमा दाबी पर्ने आँकलन गरेका छन् ।

यस अघि : भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी बाढीः ‘बीमा दाबी भूक्तानीको काम ‘फास्ट ट्रयाक’मा गर्छौं, निर्देशन कुरेर बस्दैनौँ’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका...

उपहार विजेता घोषणा कार्यक्रम स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको...

चीनबाट नयाँ चेतावनी: हिमनदी फेरि खस्न सक्छ, अर्को बाढीको जोखिम

चीनको जलस्रोत मन्त्रालयले नेपाल-तिब्बत सीमा क्षेत्रको कुओजियान (Cuojian) नदी...

कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग

कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत...

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको...

नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी

भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको...