Monday, September 7, 2026
spot_img

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

spot_img

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले त्यस क्षेत्रका जलविद्युत आयोजनामा पनि ठूलो क्षति पुगेको छ । बाढी आएको एक साता पुग्न लाग्दासम्म हाइड्रो कम्पनीको टनेलमा फसिएका भनेकाको उद्दार हुन सकेको छैन ।

यद्यपि नेपाली सेना र प्राविधिकहरुको टिमले उद्दारको प्रयास जारी राखेको छ। नेपाली सेनाका अनुसार आज भदौ १६ गते बिहान ११ बजेको अवस्थाअनुसार टनेलहरुमा निम्न अनुसार काम भईरहेको छ।

१. चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब ५० मिटर भित्रसम्म पुगी खोजी कार्य गरेको।

२. लाङटाङ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरेको।

३. अपर त्रिशूली-१ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको।

४. त्रिशूली-3A मा टनेल हेड फेला परेको र Compressor बाट हावा दिने कार्य गरेको। टनेल भित्रको पानी निकाल्ने कार्य भईरहेको । साथै ३ वटा Excavator प्रयोग गरी पछाडीतर्फ रहेको बैकल्पिक मार्ग करिब १५ मि. खोलिएको। Rock Breaker बाट टनेल भित्र छिर्ने स्थान बनाउन ढुङ्गा फुटाउने कार्य भईरहेको।

५. त्रिशूली-3B पनि विज्ञसहितको फौज खटिई टनेलमा प्रवेश गर्नको लागि प्रवेशद्वार पत्ता लगाई भित्र Excavator समेत प्रयोग गरी खन्ने कार्य भईरहेको।

बाढी पश्चात् तत्काल उद्धारको क्रममा हाईड्रो इलाकाहरूबाट २७९ (रसुवागढी-२, माथिल्लो त्रिशूली १- ३३, माथिल्लो त्रिशूली 3A- २२१, माथिल्लो त्रिशूली 3B- २, मैलुङ- ९, नुवाकोट सौर्य विद्युत्-४, त्रिशूली जलविद्युत-३ र देवघाट जलविद्युत-५) जनाको जीवित उद्धार गरिएको सेनाले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...