Monday, September 7, 2026
spot_img

बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

spot_img

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । आज ग्रुपका प्रबन्ध संचालक गणेश कार्कीको उपस्थितिमा ग्रुपका कार्यकारी अध्यक्ष बटु लामिछानेले उक्त रकम बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यो रकम बिजी ग्रुप अन्तर्गतका कम्पनीहरुको तर्फबाट सहयोग गरिएको अध्यक्ष बटु लामिछानेले जानकारी दिए। उनले बाढीका कारण रसुवा, नुवाकोट,धादिङ्ग लगायतका जिल्लामा अकल्पनीय रुपमा ठुलो जनधनको क्षति भएको हुँदा यस रकमले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वाश व्यक्त गरे।

आज नै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आफु र आफ्ना सदस्यहरुबाट संकलन गरेर १३ करोड १ रुपैयाँ सहयोग गरेको छ । इप्पानका अध्यक्ष मोहन डाँगीले आज ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विराजभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...