नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर सूचीकृत भएको छ। आज बुधबार कम्पनीको ३४ लाख कित्ता शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएपछि बिहिबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (SAPIL) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।









