Saturday, July 25, 2026
spot_img

लक्ष्मी सन्राइज क्यापिटलको रु.७.७२ करोड बराबर नगद लाभांश पारित ।

spot_img

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा मिति २०८१/०७/२१ गते शुक्रवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८२/०८३ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक श्री एन.बि.एस.एम एण्ड एशोसिएट्स लाइ नै निरन्तरता दिने निर्णय गरियो । साथै, आषाढ मसान्त २०८२ को वासलात बमोजिम प्रति शेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् रु.७.७२ करोड (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो ।

नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा यस कम्पनीले महव्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

कम्पनीले करिब ६ अर्व बराबरको ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा छ वटै म्युचुअल फण्डले आ.व. २०८१/०८२ को मुनाफाबाट दोहोरो अंकको  प्रतिफल वितरण गर्न सफल भएको छ । साथै, विशिष्टीकृत लगानी कोष अन्तर्गत एक अरब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्ने उद्देश्य राखेको छ ।

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, Operating Principles of Impact Management (Impact Principles) मा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था हो । यो एक विश्वव्यापी संस्था हो, जसको सिद्धान्तले सामाजिक र वातावरणीय प्रभाव सहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राख्दछ । यो सदस्यताले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको दिगो र उत्तरदायी लगानी प्रतिको प्रतिबद्धतालाई दर्शाउँछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img