Thursday, July 16, 2026
spot_img

विजय लघुवित्तको साधारणसभा आह्वान, एफपीओ निष्काशन सहित यस्ता छन् ८ प्रस्ताव

spot_img

विजय लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ असार ३० गते धुलिखेलको धुलिखेल लज रिसोर्टमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १७ देखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीको साधारणसभामा एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत आ. व. २०७९ / ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) विजय लघुवित्त वित्तीय संस्था लि. को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सो सम्वन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ. व. ०८०/८१ को लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तथा सेवा सुविधा बारेमा निर्णय गर्ने ।

४) सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूह “क” बाट ४ (चार) जना र सर्वसाधारण समूह “ख” बाट २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

५. संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने ।

 विशेष प्रस्तावहरु

१) सर्वसाधारणको लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्ने । सोही बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।

२) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

३) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img