विजय लघुवित्तको साधारणसभा आह्वान, एफपीओ निष्काशन सहित यस्ता छन् ८ प्रस्ताव

spot_img

विजय लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ असार ३० गते धुलिखेलको धुलिखेल लज रिसोर्टमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १७ देखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीको साधारणसभामा एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत आ. व. २०७९ / ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) विजय लघुवित्त वित्तीय संस्था लि. को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सो सम्वन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ. व. ०८०/८१ को लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तथा सेवा सुविधा बारेमा निर्णय गर्ने ।

४) सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूह “क” बाट ४ (चार) जना र सर्वसाधारण समूह “ख” बाट २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

५. संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने ।

 विशेष प्रस्तावहरु

१) सर्वसाधारणको लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्ने । सोही बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।

२) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

३) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...