Saturday, November 15, 2025
spot_img

शेयरबजारमा दोहोरो अङ्कको गिरावट, नेपाल फाईनान्सको कारोबार उच्च

spot_img

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १४.८३ अंकले घटेर २०३७.०९ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३२० कम्पनीका ९१ करोड ७८ लाख ८ सय ९५ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४ सय ७ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल फाइनान्सको सर्वाधिक १२ करोड ८८ लाख, जानकी फाइनान्सको ११ करोड ९८ लाख, युनाइटेड इदी मार्दी हाइड्रोको १० करोड ३९ लाख, तथा मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ४० लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये मुक्तिनाथ कृषि कम्पनीको शेयर मुल्य सर्वाधिक ७.०६ प्रतिशत बढेको छ भने मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.७६ प्रतिशतले बढेको छ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.३० प्रतिशतले घटेको छ भने साधना लघुवित्तको शेयर मूल्य ८.७७ प्रतिशत तथा गणपति लघुवित्तको शेयर मूल्य ५.७६ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये  फाइनान्स समुह र उत्पादन तथा प्रशोधन समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह ०.३४ प्रतिशत बढेको छ । आज लघुवित्त समुह सर्वाधिक १.३७ प्रतिशत घटेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img