Thursday, November 13, 2025
spot_img

गोल्छा ग्रुपको हुलास फिनसर्भले प्रिमियम वा बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

spot_img

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साविकको हुलास फिनसर्भ लिमिटेड) ले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित २०८१ असार १६ गते कम्पनीको विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने बारेको प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनीको जारी पूँजीमध्ये व्यक्तिगत सम्पर्कको माध्यमबाट नयाँ संस्थापकहरूमा बढीमा रू. ३ करोड मूल्य बराबरको थप संस्थापक शेयर जारी गर्ने प्रस्ताव पेश हुने छ।

थप संस्थापक शेयर जारी गरे पश्चात कम्पनीको प्रवन्धपत्रमा सर्वसाधारणको लागि छुट्याईएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ्ग विधि मार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (Initial Public Offering (IPO) शेयर जारी गर्ने र सो सम्बन्धी कार्य गर्न गराउनकालागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।

साथै कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने र कम्पनीको प्रबन्धपत्रमा गरिएको थप तथा संशोधनको स्वीकृति तथा अभिलेख गराउने सिलसिलामा नियामक निकायबाट कुनै परिमार्जन, संशोधन वा फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव कम्पनीको साधारणसभामा पेश हुने छ ।

यस कम्पनी गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धि कार्य गर्ने स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रहेको छ । कम्पनीले सवारीसाधन, इलेक्ट्रोनिक्स सामग्री, फर्निचर, ल्यापटप लगायतमा फाइनान्स सुविधा प्रदान गर्दै आएको छ ।

कम्पनीको अध्यक्ष शेखर गोल्छा हुन् भने अन्य संचालकमा सीमा गोल्छा, अभिमन्यु गोल्छा, श्रेया गिरी र अमिताभ अग्रवाल रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img