Thursday, July 16, 2026
spot_img

गोल्छा ग्रुपको हुलास फिनसर्भले प्रिमियम वा बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

spot_img

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साविकको हुलास फिनसर्भ लिमिटेड) ले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित २०८१ असार १६ गते कम्पनीको विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने बारेको प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनीको जारी पूँजीमध्ये व्यक्तिगत सम्पर्कको माध्यमबाट नयाँ संस्थापकहरूमा बढीमा रू. ३ करोड मूल्य बराबरको थप संस्थापक शेयर जारी गर्ने प्रस्ताव पेश हुने छ।

थप संस्थापक शेयर जारी गरे पश्चात कम्पनीको प्रवन्धपत्रमा सर्वसाधारणको लागि छुट्याईएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ्ग विधि मार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (Initial Public Offering (IPO) शेयर जारी गर्ने र सो सम्बन्धी कार्य गर्न गराउनकालागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।

साथै कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने र कम्पनीको प्रबन्धपत्रमा गरिएको थप तथा संशोधनको स्वीकृति तथा अभिलेख गराउने सिलसिलामा नियामक निकायबाट कुनै परिमार्जन, संशोधन वा फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव कम्पनीको साधारणसभामा पेश हुने छ ।

यस कम्पनी गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धि कार्य गर्ने स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रहेको छ । कम्पनीले सवारीसाधन, इलेक्ट्रोनिक्स सामग्री, फर्निचर, ल्यापटप लगायतमा फाइनान्स सुविधा प्रदान गर्दै आएको छ ।

कम्पनीको अध्यक्ष शेखर गोल्छा हुन् भने अन्य संचालकमा सीमा गोल्छा, अभिमन्यु गोल्छा, श्रेया गिरी र अमिताभ अग्रवाल रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

आज असार ३२ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न...

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...
spot_img