२०८१ कार्तिक महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ इन्स्योरेन्सले कार्तिक महिनामा २ अर्ब ७० करोड ९२ लाख ५० हजार बीमा शुल्क संकलन गरेका हुन् ।
जस मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले सर्वाधिक ३४ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड ६ लाखको बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले २९ करोड २ लाख बीमा शुल्क संकलन गर्दा नेको इन्स्योरेन्सले २५ करोड ५१ लाख बीमा शुल्क संकलन गरेको छ ।
कार्तिक महिनामा सबैभन्दा कम बीमाशुल्क संकलन राष्ट्रिय बीमा कम्पनीको रहेको छ । कम्पनीले ४ करोड १० लाख मात्र बीमाशुल्क संकलन गरेको छ ।
हेर्नुस कुनको बीमा शुल्क संकलन कति ?














