ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

spot_img
spot_img

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ ।

परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो ।

परिषद्ले ठमेलमा आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्को क्षणमा ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले पीडितका लागि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको अवस्थामा परिषद्ले रसुवामा पुगेर यसअघि नै २५ लाख बराबरको खाद्यान्न, भाडाकुँडा र लत्ताकपडा वितरण गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।

परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको बताएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...

काठमाडौंका ३३ स्थानमा फूलमाला किनबेच

काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाउँदै स्वदेशी...