एलआरआर ग्रुपद्वारा धनतेरसका दिन २६ युनिट गाडी हस्तान्तरण, स्काईवेलका १० ईभी ग्राहकलाई

spot_img
spot_img

एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात गर्ने विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले धनतेरसको अवसर पारेर स्काईवेल, जीली र बिएडब्ल्यू ईभी ग्राहकलाई हस्तान्तरण गरेको हो ।

एलआरआर ग्रुपका अनुसार स्काईवेलका १० युनिट ईभी शुक्रबार एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको छ । यसैगरी, बिएडब्लयू ई७ प्रो ८ युनिट पनि शुक्रबारै हस्तान्तरण गरिएको छ ।

यसैगरी, कम्पनीले जीलीका ८ युनिट पनि धनतेरसकै अवसरमा हस्तान्तरण गरिएको जनाएको छ । यसरी एलआरआर ग्रुपले तिहार अन्तर्गतको धनतेरसको उपलक्ष्यमा २६ युनिट ईभी हस्तान्तरण गरेको हो ।

अब लक्ष्मी पूजाको दिन पनि केही गाडीहरु हस्तान्तरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि नै बुकिङ गर्ने ग्राहकहरुलाई प्राथमिकतामा राखेर गाडी उपलब्ध गराउन सुरु गरेको हो । नाडा अटो शो २०२६ र त्यस आसपास गाडी बुकिङ गर्ने ग्राहकहरुले अहिले क्रमशः गाडी पाउन थालेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...