“ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण गर्दै सरकार

spot_img

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले “ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई राष्ट्रका ज्ञान, सीप र अनुभवका अमूल्य स्रोतका रूपमा स्थापित गर्दै उनीहरूको अनुभवलाई भावी पुस्तासँग जोड्ने नयाँ अवधारणा अघि सारेको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा भएको बताईन्।

“ज्येष्ठ नागरिकहरूसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइहरू राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा हुन्। ती अनुभवहरूको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई संस्थागत रूप दिन डिजिटल प्रविधिको उपयोगसहित ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाइएको छ,” मन्त्री बादीले भनिन्।

उनका अनुसार यस पहलले एक पुस्ताले आर्जन गरेको ज्ञान र अनुभवलाई अर्को पुस्ताको मार्गदर्शनमा रूपान्तरण गर्दै अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई सुदृढ बनाउनेछ।

हेरचाह र संरक्षण मात्र होइन, अनुभवको पनि उपयोग

मन्त्रालयले अघि बढाएको अनुभव बैंकले ज्येष्ठ नागरिकप्रतिको परम्परागत दृष्टिकोणलाई फराकिलो बनाउने लक्ष्य राखेको छ। सामाजिक सुरक्षा, स्वास्थ्य, हेरचाह र संरक्षणसँगै उनीहरूसँग रहेको ज्ञान, सीप र जीवनानुभवलाई समाज तथा भावी पुस्ताका लागि उपयोग गर्ने यसको मूल अवधारणा हो।

मन्त्री बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको आवश्यकता भएका व्यक्तिका रूपमा नभई समाजका सक्रिय, अनुभवी, सम्मानित र अपरिहार्य साझेदारका रूपमा हेर्नुपर्ने बताएकी छिन्।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा कृषि, उद्यम, पेशा, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान, सामाजिक जीवन तथा विभिन्न व्यावहारिक क्षेत्रमा आर्जन गरेका अनुभवलाई डिजिटल प्रविधिको उपयोगसहित अभिलेखीकरण गरी पुस्तान्तरणलाई संस्थागत गर्ने सोच मन्त्रालयको छ।

एक पुस्ताको अनुभव, अर्को पुस्ताको मार्गदर्शन

अनुभव बैंकको मुख्य आधार अन्तरपुस्ता ज्ञान हस्तान्तरण हुनेछ। ज्येष्ठ नागरिकले दशकौँको अभ्यास र जीवनयात्राबाट आर्जन गरेको ज्ञान र अनुभव उनीहरूसँगै हराएर जान नदिई त्यसलाई भावी पुस्ताका लागि सुरक्षित र उपयोगी बनाउने उद्देश्य राखिएको छ।

अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान र सीपलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई त्यससँग जोड्ने आधार तयार हुनेछ। यसलाई क्रमशः विकास गर्दै विद्यार्थी, युवा तथा नयाँ पुस्ताले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र जीवनका सिकाइबाट निःशुल्क रूपमा सिक्न र मार्गदर्शन लिन सक्ने माध्यमका रूपमा विकास गर्ने अवधारणा रहेको छ।

यसले एक पुस्ताले लामो समय लगाएर आर्जन गरेको अनुभव अर्को पुस्ताका लागि मार्गदर्शन बन्ने र समाजमा रहेको व्यावहारिक तथा परम्परागत ज्ञानको पुस्तान्तरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

ज्येष्ठ नागरिक लाभग्राही मात्र होइनन्, ज्ञानदाता पनि हुन्

मन्त्रालयको अवधारणाले ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा र सुविधा प्राप्त गर्ने लाभग्राहीका रूपमा मात्र नभई ज्ञान दिने, सीप बाँड्ने, अनुभव हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने ज्ञानदाताका रूपमा समेत स्थापित गर्ने लक्ष्य राखेको छ।

मन्त्री बादीले वास्तविक सम्मान त्यतिबेला स्थापित हुने बताउनुभएको छ, जब ज्येष्ठ नागरिकका अनुभव सुनिन्छन्, उनीहरूको ज्ञानलाई सम्मानपूर्वक उपयोग गरिन्छ र सामाजिक तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको वातावरण निर्माण हुन्छ।

उनले बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ, शहरीकरण र जीवनशैलीसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह, एक्लोपन र सामाजिक सहभागितासँग सम्बन्धित नयाँ चुनौती देखिएको उल्लेख गर्दै उनीहरूको जीवनलाई सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउनु परिवार, समुदाय, समाज र राज्य सबैको साझा दायित्व भएको बताईन्।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा अघि सारिएको “ज्येष्ठ नागरिक अनुभव बैंक” ले ज्येष्ठ नागरिकको सम्मानलाई हेरचाह र संरक्षणमा मात्र सीमित नराखी उनीहरूको जीवनभरको ज्ञान र अनुभवलाई राष्ट्रको सम्पदाका रूपमा संरक्षण गर्ने तथा नयाँ पुस्तासँग जोड्ने आधार तयार गर्ने मन्त्रालयको विश्वास छ।

एक पुस्ताले आर्जन गरेको ज्ञान अर्को पुस्ताको मार्गदर्शन बनोस् र ज्येष्ठ नागरिकका अमूल्य अनुभव पुस्तासँगै हराउने होइन, पुस्तान्तरण हुँदै जाऊन् भन्ने सोचका साथ अनुभव बैंकको निर्माण तथा विकास प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...