spot_img

लयमा फर्किदै पर्यटन

spot_img

भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढी पश्चात मुर्छित बनेको पर्यटन क्षेत्र क्रमशः सुधारिन थालेको छ । एक महिना अगाडिको तुलनामा अहिले बुकिङ र आगमन बढ्न थालिसकेको व्यवसायीहरु बताउँछन् ।

यद्यपी, कैलाश–मानसरोवरमा तीर्थयात्री पठाउने काम भने ठप्प प्रायः भएको छ । बाढीले मानसरोवर जाँदै गरेका धेरै तीर्थयात्री बगाएका कारण सिजनमै धक्का लागेको र अहिले त सिजन पनि सकिन लागेका कारण मानसरोवर पठाउने काम ठप्प जस्तै रहेको एसोसियशन अफ कैलाश टूर अपरेटर्स नेपालका सचिव गोपाल थापा बताउँछन् ।

मानसरोवर जाने यात्रुमध्ये ९५ प्रतिशत भारतीय हुने र केरुङको स्थलमार्ग अवरुद्द भएपछि हिल्सा हुँदै लैजानका लागि चीनले भारतीयलाई प्रवेश नदिँदा समस्या सिर्जना भएको व्यवसायीहरुको भनाइ छ । साथै, भदौ १० को बाढीले एउटा क्षेत्रमा बढी क्षति गरेको भएपनि अन्तर्राष्ट्रिय रुपमा नेपालभरी नै बाढी आएको छ भन्ने खालको सन्देश प्रवाह हुँदा त्यसको नकारात्मक असर स्वरुप मानसरोवर जाने ४ हजार हाराहारी बुकिङ रद्द भएको व्यवसायीहरु बताउँछन् ।

तर, अहिले काठमाडौँ, चितवन, पोखरा लगायतको पर्यटन पुनः लयमा फर्किन थालेको व्यवसायीहरुले बताएका छन् । होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार बाढी लगत्तैको तुलनामा अहिले इन्क्वायरी र अकुपेन्सी दूबै बढेको छ । ‘प्राकृतिक विपत्तिको खबर फैलिएपछि त्यसको असर त पर्ने नै भयो, तर भदौ १० लगत्तैको तुलनामा अहिले धेरै सुधार भएको छ’ उनले भने, ‘बुकिङ क्यान्सिल पनि त्यस्तो भयावह छैन । रुमको सप्लाई नै बढी भएकाले एउटामा इन्क्वायरी गरेको पर्यटक सस्तो पाएपछि अर्कोमा सिफ्ट भएको छ ।’

अर्का एक होटल व्यवसायीका अनुसार अहिले काठमाडौँका स्टार होटलहरुमा ६० प्रतिशतभन्दा बढी अकुपेन्सी छ । बाढी लगत्तै ४० प्रतिशत हाराहारीमा झरेको अकुपेन्सी अहिले बढेर औसतमा ६० प्रतिशत हाराहारी पुगेको ति होटल व्यवसायीको भनाइ छ ।

पोखरा एयरपोर्टको उडानले सकारात्मक ऊर्जा

होटल संघका अध्यक्ष विनायक शाहका अनुसार नेपालमा वार्षिक १२ लाख हाराहारी पर्यटक भित्रिन्छन् । तर, होटलको क्षमता भने ४० लाख पर्यटकलाई सेवा दिन पुग्ने भइसकेको उनको भनाइ छ । ‘राम्रो हुँदा पनि हामीले भित्र्याउने पर्यटक भनेको क्षमताको एक तिहाई हो । २०२५ मा ११ लाख ४७ हजार आएका थिए । तर हाम्रो क्षमता ३५ लाखभन्दा माथि थियो’ उनले भने, ‘यसवर्ष पनि अब प्राकृतिक विपत्तिले केही घट्लान् तर, उल्लेख्य रुपमा घट्दैनन् । किनकी हाम्रो काठमाडौँ एयरपोर्टले धान्ने नै यति हो ।’

शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उडान सुरु गर्नु सकारात्मक भएको बताए । यसले पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्ने भएपनि एउटा उडान थपिँदैमा पर्यटकको आवागमन ह्वात्तै नबढ्ने उनको भनाइ छ ।

‘फ्लाई दुबईले पोखरा उडान सुरु गरेको छ, यो राम्रो भएको छ । तर, त्यतिले मात्रै पुग्दैन’ उनले भने, ‘पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स जस्ता संस्थाले पनि पहल गर्नुप¥यो । निजी क्षेत्रका रुपमा हामी पनि साथै लागेर होटलको समस्या हुँदैन भन्छौँ, अर्को क्षेत्रले आफ्नो साइडको जिम्मा लिन्छ । बोर्डमा २ अर्ब जति बजेट पनि छ । त्यसलाई प्रभावकारी हुने गरी खर्च गरौँ ।’

उनले विदेशस्थित दूतावास, वाणिज्य दूत सबैलाई नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न खटाउनुपर्ने सुझाव पनि दिएका छन् । ‘टाढा टाढाका देशमा सकिँदैन भने भारत र चीनमा त तुरुन्त गर्न सकिन्छ नि’ शाह थप्छन्, ‘पर्यटकले इन्क्वायरी बढाउन थालेका छन्, अब आवागमन कसरी बढाउने भन्ने हाम्रै हातमा छ ।’

एकै खालको सूचना प्रवाह गरेर अक्टूबर, नोभेम्बर जस्ता सिजनमा पर्यटक बढाउन सकिने उनको विश्वास पनि छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, सेप्टेम्बरमा मात्रै ८८ हजारले गरे भ्रमण

वर्ष २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी...

संसद अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका...

सरकारी कर्मचारीले बाहिर जागिर गर्न नपाउने

सरकारी कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक...

सरकारी कर्मचारी आधारभूत शेयरधनी बन्न नपाउने, खुला बजारबाट शेयर किन्न भने छुट

सरकारी कर्मचारीले कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार...

“ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण गर्दै सरकार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...

रिज लाइन इनर्जीको साधारणसभा आह्वान, १०.५३ प्रतिशत लाभांश प्रस्ताव

रिज लाइन इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...